१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित



काठमाडौँ ।
नेपाल क्रिकेट सङ्घ ९क्यान० को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।

यस्तै, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा पारस खड्का र प्रशान्त विक्रम मल्ल बीच चुनाव भएको छ । यो समाचार तयार पार्दासम्म मतगणना जारी छ । क्यानको नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८० शनिबार ००:००  ४ : ४२ बजे