१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

इन्डोनेसियामा यस्तो टिकटक बनाउँदा महिलालाई २ वर्ष जेल



एजेन्सी ।
इन्डोनेसियाको एक अदालतले धर्म र सम्प्रदाय विशेषविरुद्ध घृणा फैलाउने टिकटक भिडिओ बनाएको कसुरमा महिलालाई २ वर्षको जेल सजाय सुनाएको छ।

३३ वर्षीया लिना लुतफियावतीलाई टिकटकमा सुँगुरको मासु खानुअघि इस्लामिक वाक्यांश बोलेपछि अदालतले इस्लाम धर्म र मुस्लिम समुदायविरुद्ध घृणा फैलाएको भनी दोषी ठहर गरेको हो।

साथै उनले १६ हजार २ सय ४५ अमेरिकी डलर जरिवाना पनि तिर्नुपर्ने फैसला अदालतले गरेको छ। जरिवाना नतिरेको खण्डमा उनको जेल अवधि थप ३ महिनासम्म लम्बिनसक्ने बीबीसीले जनाएको छ।

गत मार्चमा उनले टिकटकमा भिडिओ बनाउँदै सुँगुरको छाला खाने क्रममा ‘बिस्मिल्लाह’ भनेकी थिइन्। अरबी शब्द ‘बिस्मिल्लाह’ को नेपाली अर्थ ‘भगवान्‌को नाममा’ भन्ने हुन्छ। जतिबेला लिना इन्डोनेसियाको पर्यटकीय गन्तव्य बालीको यात्रा गरिरहेकी थिइन्।

उनको त्यो टिकटक भिडिओ छोटो समयमै भाइरल भएको थियो भने व्यापक आलोचना पनि भएको थियो। त्यसपछि त्यहाँको प्रहरीले लुतफियावतीविरुद्ध जात र धर्मविशेषलाई चोट पुग्ने घृणित सूचना फैलाएको अभियोग लगाएको थियो।

यसअघि सन् २०१७ मा जकार्ताका पूर्वगभर्नर बासुकी जाहाजा पूर्नामालाई पनि इस्लामको अपमान गरेको कसुरमा २ वर्ष जेल सजाय सुनाइएको थियो।

प्रकाशित मिति : ४ आश्विन २०८० बिहिबार ००:००  ८ : ३७ बजे