१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ई.प्र.का. पिपराको लागु औषधमा निशानाः ४ ग्राम ब्राउन सुगर र नगद सहित १ जना पक्राउ



मायादेवी अनलाइन, वाणगंगा ।

ईलाका प्रहरी कार्यालय पिपराको टोलीले अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित आज एक युवकलाई रङ्गेहात पक्राउ गरेको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ३ बभनीमा शंकास्पद अवस्थामा रोकिराखेको लु ८३ प ९७६२ नम्बरको कालो पल्सर मोटरसाइकलमा बसिरहेका कपिलवस्तु नगरपालिका वडा नं. ९ जगदिशपुर बस्‍ने वर्ष २६ को घनश्याम मुराउलाई चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

उनको साथबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

पक्राउ परेका मुराउको साथबाट अवैध लागुऔषध सहित उसले प्रयोग गरेको मोटरसाइकल र निजका साथमा रहेको नगद २८ हजार समेत बरामद गरी कपिलवस्तु जिल्ला अदालतबाट हिरासतमा राख्‍न ७ दिनको अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

पछिल्लो समय वाणगंगा नगरपालिका लागुपदार्थ ओसारपसार तथा प्रयोगकर्ताका द‍ृष्‍टिले जिल्लाकै मुख्‍य केन्द्रका रुपमा चिनिने गरेको छ । यसको बेलैमा रोकथाम र नियन्त्रण हुन नसकेमा अवस्था अझ भयावह हुने जानकारहरु बताउँछन् । लागु पदार्थ ट्रान्जिटको रुपमा रहेको वाणगंगामा प्रहरी निरीक्षक रायमाझी आएसँगै हप्तादिन भित्रै २ जना मुख्य कारोवारी पक्राउ गरी सफलता प्राप्त गरेको छ । अवैध लागुपदार्थ ओसारपसार तथा प्रयोगलाई न्यूनीकरण गर्न प्रहरी नयाँ नणनीतिका साथ अंगाडि बढेको पछिल्ला घटनाक्रमहरुले देखाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८० बिहिबार ००:००  ९ : ११ बजे