काठमाण्डौ । भारतले एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा ठूलो अन्तरको जित निकाल्दै विश्व कीर्तिमान कायम गरेको छ । श्रीलङ्कासँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा तीन सय १७ रनको फराकिलो अन्तरको जित निकाल्दै कीर्तिमान कायम गरेको हो । भारतले न्युजिल्यान्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको हो । न्युजिल्यान्डले सन् २००८ मा आयरल्यान्डलाई दुई सय ९० रनले हराएको…