१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

भोलि यी दुई प्रदेशमा वर्षाको सम्भावना



काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

आज तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

भोलि देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति : १२ पुस २०८२ शनिबार ००:००  ८ : ५० बजे