बुटवल ।जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईलाई साथ दिएका छन् । मधेशपछि जसपाको राम्रो आधार क्षेत्र भएको मानिएको लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भएका हुन् । लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज…