मायादेवी अनलाइन, चार नम्बर । कोरोना भाइरसका कारण कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ । भिम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ निवसी ७० वर्षका पुरुषको सोमबार विहान निधन भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यस संगै कपिलवस्तुमा कोभिड-१९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।