मायादेवी अनलाइन । नेपाल शिक्षक महासंघ कपिलवस्तुले कार्तिक २५ गते अर्थात आइतबार एकदिनका लागि जिल्लाभरका विद्यालयमा शोकविदा दिने निर्णय गरेको छ । महाराजगञ्ज नगरपालिका–३ पडरियास्थित भद्र मा.वि.का प्रधानाध्यापक ४९ वर्षीय लबकुश चौबेको दुःखद निधनप्रति शोक मनाउँदै आइतबार शोकविदाको घोषणा गरेको हो । महासंघका जिल्ला अध्यक्ष देवकला सुबेदीद्वारा जारी शोक विज्ञप्तीमार्फत जिल्लाभरका सम्पूर्ण सामुदायिक विद्यालयलाई शोकविदा…