२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

कपिलवस्तुमा ट्रकको ठक्करबाट साईकल यात्रुको मृत्यु

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । जिल्लाको वाणगंगा नगरपालिका २ पिपरामा ट्रकले साईकललाई ठक्कर दिदा अन्दाजी ४१ वर्षिय राजेश रानाको ज्यान गएको हो । राजेशलाई उपचारका लागी तौलिहवा अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको हो । यस्तै साईकलमा सवार अन्दाजी ६० वर्षिय लक्ष्मी राना घाईते हुनुभएको छ ।…