२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

निर्वाचन आचारसंहिताप्रतिको प्रतिबद्धतामा एमालेले गरेन हस्ताक्षर

काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा लागू गरिने आचारसंहिताप्रतिको प्रतिबद्धतामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको छ। मंगलबार निर्वाचन आयोगले आगामी निर्वाचनका लागि राजनीतिक दलहरुका तर्फबाट आचारसंहिताप्रतिको प्रतिबद्धता खोज्नका लागि बैठक बोलाएको थियो। तर बैठकमा तनाव उत्पन्न भयो। बैठकमा उपस्थित कतिपय दलका प्रतिनिधिहरुले आचारसंहिताप्रति आफूहरुले धारणा राख्नुपर्ने बताएपछि होहल्ला र नाराबाजी भएको थियो।…