११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

बाढी पहिरोका कारण १०५ मेगावाट क्षमताका १३ वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द

काठमाण्डौ ।अविरल वर्षापछि आएको बाढी पहिरोले १०५ मेगावाट क्षमताका १३ वटा आयोजनाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएका सबै विद्युत् आयोजनाहरू इलाम जिल्लामा रहेका छन् । इलाममा रहेका सबैजसो जलविद्युत् आयोजनाहरूमा बाढी पहिरोले क्षति पुर्‍याएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । इलामा रहेका माईखोला, माईखोला क्यासकेड, सुपरमाई, सुपरमाई ुएु तथा त्यसको…