ओखलढुङ्गा । ओखलढुङ्गाका दुई स्थानीय तहले अस्थायी तथा करार कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकाले संघीय सरकारको परिपत्रअनुसार स्वीकृत दरबन्दी बाहेकका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई हटाउने भएका हुन् । सिद्धिचरण नगरपालिकाले करिब ३० जना अस्थायी र करारका कर्मचारीको सेवा सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।…