रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप भएको छ । अहिले मोतिपुर तनावग्रस्त छ । प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे । उनले भने, ‘जग्गा कब्जा गर्ने र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।’…