काठमाण्डौ । विश्वव्यापी मानव विकास सूचकांकमा नेपालको सुधार देखिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० मा नेपाल १४२ औँ स्थानमा पुगेको छ । यसअघि सन् २०१८ मा नेपालको स्थान मानव विकास सूचकांकमा १४७ औँ स्थानमा थियो । यो वर्ष नेपालले पाँच स्थान फड्को मारेको छ…