३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

नीजि क्षेत्र र सरकारबीच पुलको काम गर्छुः जमसेद अली



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य नवनिर्वाचित जमसेद अली मियाँले आफुले उद्योगी व्यवसायीका समस्यालाई केन्द्रमा लैजाने भूमिकामा आफु सकृय हुने बताउनुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाद्धारा केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जमसेद अली मियाँको सम्मानमा आयोजित कार्यक्रममा उहाँले नीजि क्षेत्र र सरकारबीचका समस्या समाधानमा आफुले पहलकदमी लिने बताउनुभयो ।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहनु भएका मियाले कपिलवस्तुको साखलाई जोगाईराख्न आफु प्रतिवद्ध हुने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीलाई सरकारले सम्मान दिन नसकिरहेको अवस्थामा अहिलेको निर्वाचित नेतृत्वले उद्योगी व्यवसायीको सम्मान र योगदानलाई प्रष्ट संग बताउने गरी पैरवी गर्ने बताउनुभयो । लुम्बिनी प्रदेश महासंघको केन्द्रीय तहमा राम्रो प्रभाव पार्ने भएकाले यहाँको समस्यालाई संगठित रुपमा लैजान आफु सकृय हुने मियाले बताउनुभयो ।

अटल सिमेन्टस् प्रालि.का अध्यक्ष समेत रहनुभएका मियाले ५४ वर्षको महासंघको इतिहासमा मुस्लिम समुदायबाट कार्यकारिणी सदस्यमा पहिलो पटक आफु निर्वाचित भएकाले गर्भ गर्दै यस अवसरलाई आफुले उल्लेखनीय काम गरेर देखाउने मियाले प्रतिवद्धता व्यक्त गर्नुभयो । सम्मान कार्यक्रममा निर्वाचित हुनुभएका मियाँलाई धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिदै अध्यक्ष उमानाथ पौडेल, विष्णु न्यौपाने, रुकबहादुर भसाल, हुमनाथ पौडेल, छविलाल रेश्मी मगर लगाएतले कपिलवस्तुलाई विगतमा महासंघले हेर्ने नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न तर्फ लाग्नुपर्ने सुझाव दिनुभएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७ मंगलबार ००:००  ८ : २१ बजे