काठमाडौं । लमजुङको मर्स्याङ्दी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इन्जिनियर टीकाप्रसाद गुरुङ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटेको टोलीले मण्डल र गुरुङलाई बेंसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारा अधिकारीले जानकारी दिए । मण्डल र गुरुङले सेवाग्राहीहरुसँग भवन निर्माणको किस्तावापत ५० हजारका दरले…