मायादेवी अनलाइन, तौलिहवा । सिमा सुरक्षालाई मजबुत बनाउन कपिलवस्तुमा स्थापना गरिएको सशस्त्र प्रहरीको एकै दिन दुई बर्डर आउट पोस्ट भवनको उद्घाटन गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–५ हथिहवा र मायादेवी गाउँपालिका– ४ पिपरास्थित चाकरचौडा बर्डर आउट पोस्टको उद्घाटन गरिएको हो । हथिहवाको सशस्त्र प्रहरी बल, नेपाल नं. ५ विन्ध्याबासिनी बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब…