१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

नेपालगञ्जमा फेरी एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय २ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसंगै देशभर कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।