६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या



कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका(७ भगतपुरकी बेलु खातीको हत्या भएको छ । गएराति नचिनेको मानिसको समूहले धारिलो हतियार प्रयोग गरी ५५ वर्षकी खातीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

आक्रमणमा परि खातीका श्रीमान ६२ वर्षका घनश्याम घाइते हुनुभएको छ । उहाँलाई उपचारको लागि धनगढी पठाइएको छ । घटनापछि सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  १ : ३४ बजे