२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

आज मुस्लिम समुदायले बकरइद मनाउँदै, प्रधानमन्त्रीद्धारा शुभकामना



काठमाडौं ।
मुस्लिम समुदायले आज इद उल (बकर इद्) पर्व मनाउँदैछन् । यो पर्वलाई इद उल अज्हा अथवा इदुल जोहा पनि भनिन्छ ।

इदमा मुस्लिम समुदाय मस्जिदमा भेला भएर सामूहिक रुपमा नवाज पढ्ने गर्छन् । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको कारण मुस्लिम समुदायले घरमै बसेर यो पर्व मनाउँदै छन् ।

कोरोना संक्रमणको जोखिम उच्च भएकाले विभिन्न मुस्लिम संघसंस्थाले सामूहिक रुपमा भेला नहुन अपिल गरेका छन् ।

इदमा पशुबली दिने परंपरा छ। हलाल गरेको मासु आफन्त, साथीभाइ र गरिबलाई बाँडेर खाने गरिन्छ । खसी, बोका, राँगा, भैँसी, भेडा लगायतका पशु बली दिने परंपरा छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सन्देश जारी गर्दै बकर इद् (ईदुल जोहा) पर्वको शुभकामना दिनुभएको छ ।

सन्देशमा ईस्लाम धर्माबलम्बी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७ शनिबार ००:००  ८ : २१ बजे