९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

चट्याङ लागेर विहारमा ८३ जनाले ज्यान गुमाए

एजेन्सी । बिहारमा चट्याङ लागेर ८३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । भारतको आपत्कालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजेको समयमा परेको चट्याङ लागेर ८३ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नौ जनाको ज्यान गएको छ ।…