१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सप्तरीमा चट्याङ लागेर चार जनाको ज्यान गयो



सप्तरी ।

सप्तरीमा आज बिहान चट्याङ लागेर चार जनाको ज्यान गएको छ । महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको ज्यान गएको हो ।
महादेवा गाउँपालिका २ का ६० वर्षका छेदी ठाकुर र २६ वर्षका वेचन यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

डाक्नेश्वरी नगरपालिका ९ की ३० वर्षकी ललितादेबी यादव र राजगढ गाउँपालिकाका ४६ वर्षका केसी साहको पनि चट्याङ लागेर ज्यान गएको छ ।१८ वर्षकी आसा मण्डल घाइते हुनुभएको छ । उहाँको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको पनि भारतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  १२ : ४२ बजे