मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगर प्रमुख केशव कुमार श्रेष्ठद्धारा सातौं नगर सभामा प्रस्तुत आर्थिक बर्ष ०७७/०७८ सालको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा सभाबाट पारित भएको हो ।
बुधबार दिउँसो १ बजेबाट सुरु भएको सातौं नगर सभा झण्डै तीन घण्टा चलेको थियो । नगर सभामा नगर प्रमुख श्रेष्ठले सामाजिक विकास तर्फका विभिन्न लोकप्रिय कार्यक्रमसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख श्रेष्ठद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधारहरुको निर्माणद्धारा समृद्ध बुद्धभूमि र बुद्धभूमिबासी, उत्पादकत्व र सोका लागि प्रेरणा, विपदको सम्बोधन, एकल महिला, जेष्ठ नागरिक, सुत्केरी पोषण, असाध्य रोगीलाई पोषण सहायता, वडामा विपद प्रतिकार्य कर्नर स्थापना, अधुरा र चालु आर्थिक बर्षमा विषमताको कारणले बाँकी रहेका योजनाहरु पुरा गर्ने र सुशासन अभिवृद्धि र स्थानीय सरकारको ग्राहयता र स्विकार्यतामा बढोत्तरीलाई प्राथमिकतामा राखिएको छ ।
सामाजिक विकास तर्फ विभिन्न जनलक्षित कार्यक्रम समावेश नीति तथा कार्यक्रममा बेरोजगार युवालाई स्वरोजगारको बाटो तर्फ उन्मुख गराउन एक प्रतिशत व्याजमा ऋणको व्यवस्था गरिने उल्लेख छ । रोजगारीबाट फर्किएका युवाहरुलाई उद्यमशिलता मार्फत स्वरोजगार बन्न चाहनेहरुलाई यो व्यवस्था गर्न लागिएको नगरसभामा नगर प्रमुख श्रेष्ठले जानकारी गराउनुभयो ।
नगर प्रमुख श्रेष्ठले त्यसका लागि बैंक तथा सहकारी मार्फत कम्तीमा १ प्रतिशत व्याजमा कम्तिमा दुई बर्षसम्मका लागि दिने व्यवस्था गर्न लागेको बताउनुभयो । यसको कार्यविधि तत्काल बनाइने पनि उहाँले जनाउनुभयो ।
यस्तै बेकरी, ब्लक, जुत्ता बनाउने, सिलाई पसल, टपरी उद्योग सञ्चालन गर्न चाहनेका लागि ५० हजार अनुदानको व्यवस्था नगरको नीति तथा कार्यक्रममा समावेश गरिएको श्रेष्ठले जानकारी गराउनुभयो ।
उत्पादनमा आधारित अनुदान मार्फत माछा, खसीबोका मध्ये कुनै एक तथा तरकारी र फलफूल मध्ये कुनै एकमा अनुदान दिने नगर प्रमुख श्रेष्ठले घोषणा गर्नुभएको छ ।
नगरको उपयुक्त स्थानमा सहकारी मार्फत कोसेली घर सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो ।
नगरपालिका क्षेत्र भित्र फलफूल खेती विस्तारका लागि आँप÷लिची र कागती खेती गर्न इच्छुक कृषकलाई अनुदानमा फलफूलको विरुवा उपलब्ध गराउने नगर प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभयो ।
यस्तै व्यवसायिक पशु फार्म व्यवस्थापन प्रोत्साहन कार्यक्रम तर्फ अनुदान उपलब्ध गराउने, बैदेशिक रोजगारबाट फर्किएका युवाको अभिलेखिकरण तथा उद्यमशीलता प्रवद्र्धन, एक घर, एक करेसाबासी तथा एक गाउँ एक उत्पादनमा जोड, सिंचाईका लागि विद्युतीय मोटर तथा पम्पिङ्गसेटनमा अनुदान, निरन्तर बजार अनुगमन लगायत नीति तथा कार्यक्रममा उल्लेख छन् ।
यता भौतिक पूर्वाधार विकास तर्फ सडक योजनाहरुको हकमा माटो कटान, पटान, ग्रावेल खालका योजना सञ्चालन गर्दा योजनागत बजेटमा २० प्रतिशत बजेटबाट नाली, कल्भर्ट, कजवे, टेवा पर्खालमा खर्च गर्नुपर्ने, सबै खालका सडकको चौडाई तथा राईट अफ वे यकिन गरी सार्वजनिक गर्ने, लागत साझेदारीमा ५०/५०, ६०/४०, ७०/३० का कार्यक्रमहरुका लागि नीति तथा कार्यक्रममा समावेश गर्ने र १५ दिने सूचना आह्वान गरी प्रस्ताव माग गरी उत्कृष्ट प्रस्ताव छनौट गरी कार्यक्रम सञ्चालन गर्ने, सिचाई प्रणालीको सुधार विस्तार लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा प्राथमिकता रहेका छन् ।
यो पनि पढ्नुहोस बुद्धभूमिको नीति तथा कार्यक्रमः बैदेशिक रोजगारीबाट फर्किएका युवाले १ प्रतिशत व्याजमा ऋण पाउने
सुरु भयो बुद्धभूमि नगरपालिकाको सातौं नगरसभा (तस्बीरमा)
नगरमा १५ शैयाको अस्पताल बनाउँछौं, उत्पादनमा आधारित अनुदान दिन्छौंः मेयर श्रेष्ठ
यो पनि …







प्रतिक्रिया