१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नवजात शिशु मृत फेला



चितवन ।
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फेला परेको छ। सालनालसहित बेरिएको अवस्थामा बिहीबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए। बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। रासस

प्रकाशित मिति : ११ असार २०७७ बिहिबार ००:००  ४ : ५३ बजे