कैलाली । बाजुरामा गोली प्रहारबाट एक महिलाको हत्या भएको छ । गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकायाको उनकै श्रीमानले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको हो । ४० वर्षका गोरख रोकायाले भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको प्रहरीले बताएको छ । रोकायालाई प्रहरीले पक्राउ गरिसकेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख दानबहादुर बोगटीले जानकारी दिए…