८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

श्रीमानको गोली प्रहारबाट श्रीमतीको मृत्यु



कैलाली ।

बाजुरामा गोली प्रहारबाट एक महिलाको हत्या भएको छ । गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकायाको उनकै श्रीमानले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको हो । ४० वर्षका गोरख रोकायाले भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको प्रहरीले बताएको छ ।

रोकायालाई प्रहरीले पक्राउ गरिसकेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख दानबहादुर बोगटीले जानकारी दिए । रोकाया एक थान बरुवा बन्दुकसहित पक्राउ परेका हुन् । हत्या गरिएको अवस्थामा शव फेला पारेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ४ : ०२ बजे