६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

भोलि र पर्सि काठमाडौंबाट बाहिर जान पाइने



काठमाडौ ।
सरकारले लक डाउनका कारण काठमाडौंमा रहेकालाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । बिहीबार रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो ।
लक डाउनको बेला मानिसहरू हिँडेरै टाढा टाढा आफ्नो गृहजिल्ला जाने गरेपछि सरकारले दुई दिन उपत्यका बाहिर जान दिने भएको हो ।
यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन। बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७६ बिहिबार ००:००  ३ : ३८ बजे