काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उत्तर कोरियाका पाँच सयभन्दा धेरै मानिसलाई क्वारेन्टाइनमा राखिएको बताएको छ । मंगलबार डब्ल्यूएचओले उत्तर कोरियामा निरन्तर कोरोना भाइरस (कोविड–१९) को परीक्षण भइरहेको समेत प्रष्ट पारेको छ । डब्ल्यूएचओले उत्तर कोरियाको स्वास्थ्य मन्त्रालयबाट सप्ताहिक रूपमा अपडेट पाइरहेको बताएको छ । रोयटर्सले उल्लेख गरेअनुसार उत्तर कोरियाले राजधानी प्योंगयोङमा रहेको राष्ट्रिय प्रयोगशालामा…