भक्तपुर । अश्लिल भिडियो बनाएको अभियोगमा सूर्यबिनायक नगरपालिका ५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका ६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, त्यही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् ।…