२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

२ लाख घुससहित खानेपानीका टेक्निसियन पक्राउ



काठमाडौं ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको एक जना खानेपानी तथा सरसफाइ टेक्निसियन २ लाख घुससहित अख्तियारले पक्राउ नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकाका टेक्निसियन चित्रबहादुर केसीलाई पक्राउ गरेको हो। चित्रबहादुरले भेरिगंगा–११ स्थित तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापत सो रकम लिएको अख्तियारले जनाएको छ। उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो। अख्तियारले केसीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  २ : ४१ बजे