१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

कोरोनाभाइरसका कारण वुहान अस्पतालकै निर्देशकको निधन

वुहान । लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए । संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो । कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो । अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बिरामी परे । उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ…