२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

अश्लिल भिडियो बनाएको आरोपमा तीनजना पक्राउ



भक्तपुर ।
अश्लिल भिडियो बनाएको अभियोगमा सूर्यबिनायक नगरपालिका ५ कटुन्जेबाट ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली दुधौली नगरपालिका ६ घर भई हाल ललितपुर लुभु बस्ने १९ वर्षीय अर्जुन अधिकारी, त्यही ठाउँ घर भई काठमाडौं कपन बस्ने १९ वर्षीय शान्तिराम दनुवार र २० वर्षीय राजिव थनेत दनुवार रहेका छन् । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यसबारेमा अनुसन्धान भइरहेको भक्तपुर प्रहरी परिसरले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  १ : ५२ बजे