३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

इम्बोस्ड नम्बर प्लेटमा कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा अन्योल



काठमाडौँ । सर्वोच्च अदालतले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडानको बाटो खोलेको २ महिना बितिसक्दा पनि यातायात व्यवस्था विभागले काम अघि बढाउन सकेको छैन।  नम्बर प्लेटमा कुन भाषा प्रयोग गर्ने भन्ने विषयमा सरोकारवाला निकाय नै स्पष्ट नभएपछि यो काम अघि बढ्न नसकेको हो। सर्वोच्चले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग विरुद्धको रिट खारेज गरेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई नम्बरप्लेट जडानको काम अघि बढाउन निर्देशन दिएको थियो। तर, हालसम्म विभागले उक्त काम अघि बढाएको छैन। विभागका महानिर्देशक गोगनबहादुर हमालले सर्वोच्चको निर्णयको पूर्णपाठ आइनसकेकाले काम अघि बढ्न नसकेको बताए। आजको आर्थिक अभियान दैनिकमा खबर छ। 

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  ७ : ३१ बजे