२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

सुरुङमा थुनिएका १७ मजदुरको उद्धार कार्य सुरु

रसुवा । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो जाँदा सुरुङमा थुनिएका १७ मजदुरको उद्धार कार्य सुरु भएको छ। बिहीबार साँझ साढे ८ बजे गएको पहिरो सुरुङ निर्माणस्थलमा खस्दा १०० मिटरभित्र मजदुरहरु थुनिएका थिए। उनीहरुको बिहानैदेखि उद्धार कार्य सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। प्रजिअ भण्डारीका अनुसार सुरुङभित्र रहेका मजदुरहरुसँग…