शिकागो । अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विवादका क्रममा गोली हानाहान भएको छ। सोमबार अपरान्ह भएको गोलीकाण्डमा परि ३ बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो। अधिकारीहरूले थप विवरण दिन अस्विकार गरेका छन्।…