५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

राष्ट्रपति चढेको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु फर्कियो

सोलुखुम्बु । राष्ट्रपतिलाई लिएर काठमाडौं उडेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु विमानस्थलमै फर्किएको छ। सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन राष्ट्रपति यहाँ आएकी हुन्। रजतजयन्ती समारोहलाई सम्बोधन गरी उनी सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंका लागि उडेकी थिइन्। तर खराब मौसमका कारण १५ मिनेटमै उनी चढेको हेलिकोप्टर फाप्लु विमानस्थल फर्किएको राष्ट्रपति कार्यालयका सहायक…