२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाण्डौ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियो । पन्तको शपथ ग्रहण भोलि हुनेछ । राष्ट्रपतिको कार्यालयले…