१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

बागलुङको दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध

बागलुङ ।बागलुङ नगरपालिका १० दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको वर्षापछि आएको पहिरोका कारण दब्ल्याङमा सडक बगाएको हो। करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन्…