काठमाडौं, माघ १८ । सदरमुकाम सार्ने निर्णय गरिएपछिको आन्दोलनका कारण रुकुम पूर्वको जनजीवन प्रभावित भएको छ । रुकुमको सिस्ने गाउँपालिका ५ र ६ रुकुमकोटमा रहेको सदरमुकाम सरकारले पुथा उत्तरगंगा गाउँपालिका–१२ को गोलखाडामा सार्ने निर्णय गरेपछि सिस्ने गाउँपालिकाका वासीन्दाले आठ दिनदेखि बन्द गरेर विरोध गरिरहेका छन् । उनीहरुले सरकारी कार्यालयमा तालाबन्दी गरेर दैनिक घेराउ गरिरहेका छन्…