दाङ । दुर्घटना न्यूनीकरण गर्न प्रदेश ५ प्रहरीले सवारी चलाउँदा चालकहरूलाई मोवाइल प्रयोग गर्न रोक लगाएको छ । एकपछि अर्को ठूला दुर्घटनाहरू भइरहेको बेला प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउदा मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले बताउनुभयो । चालकले मोबाइलमा…