२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

कोरियामा कार्यस्थल परिवर्तनका लागि सहज, कम्पनी दोषि देखिए अनुमति नचाहिने

दक्षिण कोरिया । कोरियामा कार्यरत विदेशी श्रमिकले कम्पनीमा दुव्र्यवहार वा अपहेलनामा परेमा स्वेच्छाले काम परिवर्तन गर्न पाउने भएका छन् । ईपियस मार्फत कोरिया आई काम गरिरहेका विदेशी श्रमिकले यसअघि साहुको अनुमति विना काम परिवर्तन गर्न नपाईने नियममा परिमार्जन भई कम्पनीको गल्ति देखिएमा अनुमति विना पनि काम परिवर्तन गर्न सक्ने कोरियाको रोजगार तथा कानुन मन्त्रालयले जनाएको…