काठमाडौं, १६ पुस । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिबाट सन्यास लिन सुझाव दिनुभएको छ । काठमाडौंमा एमालेको पेशागत विशेष जिल्ला कमिटिले गरेको कार्यक्रममा नेता भट्टराईले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पार्टी एकताको प्रक्रिया पूरा गरेर राजनीतिबाट सन्यास लिन आग्रह गर्नुभएको…