ललितपुर, पुस १८ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास ललिपतपुरको खुमलटारमा चलिरहेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको तयारीलगायत विषयमा छलफल भइरहेको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादीबीच पार्टी एकताका विषयमा ठोस काम अघि…