८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणको भर्त्सना



काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका नाममा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमणको भर्त्सना गरेको छ।

शुक्रबार काठमाडौंमा भएको प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि भएको आक्रमण, लुटपाट र आगजनी लगायत गतिविधिको विरोध जनाएको हो। महासंघले र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन भएको बताएको छ।

सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाट लगायतका घटनाबाट ठूलो क्षति पुगेको भन्दै क्षतिपूर्ति दिनुपर्ने महासंघको माग छ।’

महासंघले संविधान प्रदत्त अधिकार भित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय भएको जनाएको छ । महासंघले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित आग्रह गरेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१ शनिबार ००:००  ११ : २३ बजे