२६ माघ २०८२, सोमबार | Mon Feb 9 2026

उकालोमा पसिनाको कथा : भरियाले धानेकोे खुम्बु क्षेत्रको ढुवानी

सोलुखुम्बु ।खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरिर । आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ । बिहान सूर्योदयसँगै शुरु हुने यात्रामा उहाँ पिठ्युँउमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ झन्डै पाँच घण्टाको कठिन उकालो पार गर्नुहुन्छ । यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मेहम्मे…