काठमाण्डौ ।सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, मलेशिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो…