एजेन्सी । बङ्गलादेश सरकारले नौ महिनादेखि १५ वर्षसम्मका झन्डै ६ करोड बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ राष्ट्रव्यापी टाइफाइड खोप अभियान शुरू गरेको छ । बङ्गलादेश सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले हिजो ढाकामा अभियानको औपचारिक शुभारम्भ गर्नुभएको चिनीयाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । एक महिना लामो अभियानले नोभेम्बर १३ सम्म निःशुल्क सूईबाट दिन मिल्ने टाइफाइड खोपहरू…