काठमाण्डौ । सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही भदौ १० गते सोमवारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार डिल्लीराज जोशीद्वारा हस्ताक्षरित सोमवार जारी विज्ञप्तिमा यसपालि गौरा पुजन भाद्र कृष्णपक्षमा रहेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कृष्णपक्षमा पुजिने गौरालाई अँधेरी वा काली गौरा भनिन्छ ।’ अठोला पञ्चाङ्गका अनुसार…