२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

यी ६ जिल्लाका नदीहरूमा जलसतह अझै खतराको तहमाथि



काठमाडौं ।

काठमाडौं लगायत विभिन्न ६ जिल्ला भएर बहने नदीहरूमा जलसतह अझै खतराको तहमाथि छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौंको बालकुमारीमा मनोहरा खोला, ललितपुरको खोकनामा बागमती नदी, धनकुटाको सिम्लेमा अरूण नदीको जलसतह अझै खतराको तहमाथि छ।

त्यस्तै सिन्धुलीको खुर्कोटमा सुनकोशी नदी, सुनकोशी नदी नै भोजपुरको हम्पाचौरमा र धनकुटाको त्रिवेणीमा तमोरर नदीले खतराको तह पार गरेको महाशाखाले जनाएको छ।

तीमध्ये केही नदीको जलसतह अझै बढ्दो क्रममा छ भने केहीमा घटिरहेको छ।

मकवनापुरको भोर्लेनीमा बागमती नदी र सिन्धुपाल्चोकको दोलालघाटमा सुनकोशी नदीको जलसतह सतर्कता तह माथि छ।

जल तथा मौसम पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति : १४ आश्विन २०८१ सोमबार ००:००  ७ : ४३ बजे