रुपन्देही ।जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदीप पौडेल, निर्वाचन आयोगको अध्यक्षमा सुधाकर मिश्रा र लेखापरीक्षण आयोग अध्यक्षमा घुरहु यादवलाई चयन गरेको छ । त्यसैगरी मगरात राष्ट्रिय समितिको इन्चार्जमा भण्डारीलाल अहिर, सहइन्चार्जमा कृष्णबहादुर…